logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘तिम्रो मेरो साथ’ रिलिज हुँदै

    ‘तिम्रो मेरो साथ’ रिलिज हुँदै

    6.3K
    Shares
    ‘तिम्रो मेरो साथ’ रिलिज हुँदै

    काठमाडौं । नेपाली फिल्ममा सङ्ख्यात्मकरूपमा थोरै फिल्ममा अभिनय गरे तापनि स्थापित भएकी अभिनेत्री हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह । ‘ड्रिम्स’मार्फत डेब्यु गर्दा नै फरक देखिएपश्चात उनको डिमाण्ड फिल्ममा बढ्दै गयो । यिनै अभिनेत्री शाह पछिल्लो समय अभिनेता पुष्प खड्कासँग देखिरहेकी छिन् । उनि दुईले मङ्गलम, मारुनीपश्चात अभिनय गरेको तेस्रो फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा रिलिज हुँदैछ ।

    अभिनेत्री शाहले अतिथि भूमिकामा अभिनय गर्नुभएको पहिलो फिल्ममा काम गर्दा उहाँहरूको चिनजान नै थिएन । फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पुष्पले भने, “हाम्रो भेट नै दोस्रो फिल्मका लागि भएको थियो । उहाँको कामप्रतिको लगाव तारिफयोग्य छ । हामी मिल्ने साथी बनिसकेका छौँ ।” तेस्रो फिल्ममा काम गर्दा झनै एकअर्कालाई बुझ्न पाएको उनले बताए ।

    फिल्मनगरीसँग घुलमिल नभएकी अभिनेत्री शाहले पनि अभिनेता खड्कासँग काम गर्न पाउँदा ‘कम्फर्ट फिल’ हुने बताइन् । “हामीले काम गर्ने शैली बुझिसकेका छौँ । त्यसैले तेस्रो सहकार्यमा झनै सजिलो भयो”, अभिनेत्री शाहले भनिन्, “मैले आफू सुहाउँदो भूमिकाभन्दा बाहिर निस्केर काम गर्ने कोसिस गरिरहेकी छु । क्यारेक्टरमा आफूलाई देखेपछि अभिनय गर्न तयार हुन्छु ।”

    पत्रकार सम्मेलनमा उनि दुईलाई अभिनय गराउनुका कारण सुहाउँदो केमेष्ट्री रहेको निर्देशक रमेश एमके पौडेलले बताए । “उनिहरूको फिल्म दर्शकले प्रतीक्षा गरिरहनुभएकोजस्तो लाग्छ । मैले तयार गरेको कथामा समेत उहाँ दुई फिट हुनुभयो”, निर्देशक पौडेलले भने, “बाहिर जे–जस्तो हल्ला सुनिएता पनि अभिनेत्री शाहसँग काम गर्न निकै सहज र सरल भयो ।” फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय छ । सवीर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको फिल्ममा शिव ढकालको छायाङ्कन, सुवास भुसाल÷योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend