logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल रेडक्रसद्वारा राहत वितरण

    नेपाल रेडक्रसद्वारा राहत वितरण

    2.2K
    Shares
    नेपाल रेडक्रसद्वारा राहत वितरण

    हुम्ला । वर्षाका कारण क्षतिग्रस्त हुम्लाका एक सय १३ घरधुरीलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ । गत असोज तेस्रो साता आएको अविरल वर्षाका कारण क्षति पुगेका एक सय १३ घरधुरीलाई राहत प्रदान गरिएको हो ।

    नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ लेखा अधिकृत माया नान्यको टोलीले जिल्ला प्रशासन कार्यालय हुम्लाको रोहबरमा राहत वितरण गरेको हो । वर्षाका कारण सिमकोट गाउँपालिकाका ५६, अदानचुली गाउँपालिकाका २५, खार्पुनाथ गाउँपालिकाका २८ र चङ्खेली गाउँपालिकामा ४ घरधुरीमा क्षति पुगेको थियो ।

    क्षतिग्रस्त घरधुरीलाई रु १० हजारका दरले राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेशबहादुर महतले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend