आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अध्यक्ष ओलीले आज प्युठानका नवनिर्वाचित एमाले सांसदलाई सम्मान गर्ने

अध्यक्ष ओलीले आज प्युठानका नवनिर्वाचित एमाले सांसदलाई सम्मान गर्ने

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्युठानका नवनिर्वाचित एमाले सांसदलाई सम्मान गर्नुहुने भएको छ ।

एमाले प्युठान-काठमाडौं सम्पर्क मञ्चले शनिबार बिहान ११:३० बजे पार्टी कार्यालय तुल्सीलाल सभा हल, च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधि सभा सदस्य सूर्य थापा र प्रदेश सभा (१) सदस्य तुलसीराम शर्मालाई सम्मान गर्ने कार्यक्रम छ ।

कार्यक्रममा अध्यक्ष ओलीले सम्मानसँगै सम्बोधन गर्ने कार्यक्रम तय भएको मञ्चले जनाएको छ ।

मञ्चले पाँच दलीय गठबन्धनविरुद्ध एमालेको जीत निकाल्न खट्ने नेता कार्यकर्ता, समर्थक, शुभेच्छुक र मतदातालाई धन्यवाद दिने कार्यक्रम राखेको हो ।

मंसिर ४ गते भएको निर्वाचनमा एमाले पोलिटब्युरो सदस्य थापाले पाँच दलीय गठबन्धनबाट जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई भारी मतले हराउनुभएको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend