आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

भाट–भटेनीमा नेपालपे क्युआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

भाट–भटेनीमा नेपालपे क्युआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

काठमाडौं । भाट–भटेनी सुपरमार्केटका ग्राहकहरुले अब नेपालपे क्युआरस्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरीका भाटभटेनीका शाखाहरुमा पुस १० देखि माघ १० गतेसम्म उपलब्ध हुनेछ ।

डाइनामिक क्युआर को रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको नेपालपे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

भाटभटेनीमा यसको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend