logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • जथाभावी चल्ने स्कुल बसले बढ्यो दुर्घटना जोखिम

    जथाभावी चल्ने स्कुल बसले बढ्यो दुर्घटना जोखिम

    1.4K
    Shares
    जथाभावी चल्ने स्कुल बसले बढ्यो दुर्घटना जोखिम

    ढोरपाटन । साँघुरो बागलुङ बजार । त्यसमाथि अव्यवस्थित रुपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले बागलुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ ।

    बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बागलुङ बजारका मुख्य तथा सहायक सडकमा यात्रा गर्न निकै कठिन हुने गर्छ । त्यसको कारण हो जथाभावी रुपमा स्कूल बस चल्नु । बागलुङका सरकारी तथा निजी विद्यालयले लामो समयदेखि मापदण्डविपरीत स्कुल बस सञ्चालन गर्दै आएका छन् । मापदण्डविपरीत सिट क्षमताभन्दा बढी चढाउँदा बालबालिकाले सास्तीसमेत भोगेका छन् ।

    ‘स्कुल बस निर्देशिका २०७४’ ल्याएको पाँच वर्ष बितिसक्दा पनि बागलुङमा कार्यान्वयन हुनसकेको छैन । विद्यालयले निर्देशिकाका सामान्य नियम पनि मान्दैनन् । कार्यान्वयन गराउने प्रहरी र प्रशासन मुकदर्शक छन् । जिल्लाका ५९ निजी विद्यालयमध्ये अधिकांशमा विद्यालय बस छन् । कसैले पनि निर्देशिका पालना गरेको पाइँदैन । त्यसले ट्राफिक व्यवस्थालाई भद्रगोल बनाइ दिएको छ ।

    स्थानीय दयाराम पौडेलले विद्यालयले बस सञ्चालन गर्दा निश्चित् ठाउँ तोक्ने र सोही स्थानबाट विद्यार्थी चढाउने तथा झार्ने गरे बजारमा दुर्घटना जोखिम कम हुने र ट्राफिक व्यवस्थापनमा सहज हुने बताउनुभयो । उहाँले साँघुरो बजारमा दजनौँ स्कुल बस जथाभावि रुपमा चलाउँदा व्यवसायी पनि समस्यामा पर्ने गरेको बताए ।

    स्थानीय प्रवेश पौडेल सम्बन्धित निकायले जथाभावी रुपमा चल्ने स्कूल बसलाई व्यवस्थापन गर्न नसके ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था आउने बताउँछन् । उनले साँघुरो सडकमा पनि स्कुल बस तीव्र गतिमा चल्ने गरेकाले यसलाई स्थानीय सरकारले नियमन गर्नुपर्ने बताए ।

    हरेक सवारी साधनमा आपतकालीन ढोका रहनुपर्ने, ढोका लगाएर सवारी साधन चलाउनुपर्ने, प्राथमिक उपचार बक्स र अग्निनियन्त्रण उपकरण राखिनुपर्ने नियम छ । निर्देशिका अनुसार हरेक गाडीले फोहर फाल्ने बाल्टीभित्रै राख्नुपर्ने, सवारी जाँचपास प्रमाणपत्रसमेत साथैमा राखिनुपर्ने उल्लेख भए पनि यहाँ त्यस्तो पाइँदैन । अमर आदर्श आवासीय माविका सहप्राचार्य कमल पन्तले साँघुरो सडकमा स्कुल बस चलाउन विद्यालयलाई पनि समस्या भएको बताए । बजारमा आफूहरुले संयमित भएर बस चलाउने गरेको उनि बताउँन् ।

    ट्राफिक प्रहरीले एकतर्फ तथा ठूला सवारी साधन निषेध भनेको सडकमा पनि स्कुल बस चल्छन् । बागलुङ नगरपालिकाका नगर शिक्षा प्रमुख धनप्रसाद पोखरेलले स्कुल बस चालक र विद्यालयका प्रधानाध्यापकसँग विद्यार्थी बसमा चढाउने र ओराल्ने विषयमा छलफल गरेको भन्दै अब निश्चित् स्थानमा बस बिसौनी बनाउने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend