आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रबि लामिछाने र राजेन्द्र लिङ्देन बालकोटमा प्रचण्ड पुग्दै, चार दलको सरकार बन्ने सम्भावना

रबि लामिछाने र राजेन्द्र लिङ्देन बालकोटमा प्रचण्ड पुग्दै, चार दलको सरकार बन्ने सम्भावना

काठमाडौं -सत्ताको चहलपहल तिव्र भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने बालकोट पुगेका छन् ।

अध्यक्ष ओलीलाई भेट्न लामिछाने  बालकोट पुगेका हुन् । प्रतिनिधीसभामा २० सिट भएको रास्वापका अध्यक्ष लामिछाने अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि बालकोट बोलाएको छ।

त्यस्तै सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्ने भएका  छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पहिलो कार्यकालमै प्रधानमन्त्री दाबी गरेका प्रचण्ड प्रधानमन्त्री दिन कांग्रेस तयार नभएपछि प्रचण्ड खुमलटार पुगेर पार्टीका नेतासंगको छलफल पछि बालकोट पुग्ने जनाकारी दिएको बालकोट श्रोतले  जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend