आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति

काठमाडौँ – बालकोटमा जारी बैठकबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत पार्टीले समर्थन गर्ने भएका छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बैठकमा सहभागी एमालेका एक नेताले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend