आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कांग्रेस केन्द्रीय सदस्य रसाइलीद्वारा तत्काल केन्द्रीय समिति बैठकको माग

कांग्रेस केन्द्रीय सदस्य रसाइलीद्वारा तत्काल केन्द्रीय समिति बैठकको माग

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ले सत्ता समीकरण फेरबदलको विषयलाई लिएर आकस्मिक केन्द्रीय समिति बैठक माग गरेका छन् ।

सत्ता गठबन्धनबाट बाहिरिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वमा सरकार गठन गरेलगत्तै रसाइलीले बैठक माग गरेका हुन् । ‘गठबन्धन कांग्रेसले किन जोगाउन सकेन ? यो विषयमा गम्भीर समीक्षा हुनुपर्छ,’ उनले भने, ‘कांग्रेसले आफ्नो ठोस धारणा सार्वजनिक गर्नुपर्छ ।’

रसाइली कांग्रेसमा शेखर कोइराला समूहमा छन् । उनले आफ्नो समूहको बैठक बोलाउन पनि माग गरेको जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend