logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जुम्लामा हिमालय आँखा अस्पतालको निशुल्क आँखा शिविर, ४२ जनाले पाए ज्योति

    जुम्लामा हिमालय आँखा अस्पतालको निशुल्क आँखा शिविर, ४२ जनाले पाए ज्योति

    3.4K
    Shares
    जुम्लामा हिमालय आँखा अस्पतालको निशुल्क आँखा शिविर, ४२ जनाले पाए ज्योति

    काठमाडौं । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पतालको आयोजनामा जुम्लाको हिमा गाँउपालिकामा निस्शुल्क आँखा शिविर सम्पन्न भएको छ । हिमा गाँउपालिका र कादुरी एग्रिकल्चर एशोसियसनसंगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो ।

    पुस १ गते देखि ४ गतेसम्म आयोजना गरिएको उक्त आँखा शिविरमा ८२८ जनाको निस्शुल्क आँखा परीक्षण गरिएको थियो ।

    अस्पतालका आउटरिच कोर्डिनेटर सुवास नेपालका अनुसार उक्त शिविरमा ८२८ जनाको आँखाको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको थियो । सो शिविरबाट ४२ जनाको निःशुल्क मोतियाविन्दको शल्यक्रिया समेत गरिएको छ ।

    शिविरमा आँखा जाँच गराएकाहरुमध्य २९७ जनालाई निशुल्क चस्मा वितरण गर्नुको साथै आँखामा सामान्य समस्या भएका ६७३ जना बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

    नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend