
काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश संशोधन गरेको छ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.३७ प्रतशित नगद लाभांश वितरण गर्ने घोषणा गरेकोमा पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले संशोधन गरेर ६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकबाट नियमनकारी कोषमा समायोजन गरी वित्तीय प्रतिवेदन पुनः पेश गर्न निर्देशन दिएपछि फाइनान्सले लाभांश संशोधन गरेको बताएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend