logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल पुस अन्तिममा

    एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल पुस अन्तिममा

    2.3K
    Shares
    एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल पुस अन्तिममा

    काठमाडौं । पुसको अन्तिम साता सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । मंगलवार नेपाल भलिबल संघले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता पुस २४ देखि माघ १ गतेसम्म आयोजना गर्ने जनाएको हो ।

    प्रतियोगितामा महिलातर्फ ८ टोलीले सहभागिता जनाउनेछन् भने पुरुषतर्फ १४ टोलीले प्रतिष्पर्धा गर्ने संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी नेपाल पुलिस, एपीएफ, न्यू डायमण्ड स्पोर्टस क्लव, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लव र एभरेष्ट भलिबल क्लव बुटवलको सहभागिता रहनेछ । यस्तै पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस, नेपाल एपीएफसहित हेल्प नेपाल स्पोर्टस क्लव, नयाँबजार सामाजिक युवा क्लव, दाँवाली मिलन क्लव, गल्कोट स्पोर्टस क्लब वागलुङ, मणिमुकुन्द भलिबल क्लव बुटवल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, वागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लव, गण्डकी प्रदेश, मधेश प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताका लागि एक क्लवले तीन जना विदेशी खेलाडी राख्न पाउने आयोजकले बताएको छ ।

    लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद ४ लाख पाउनेछ भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ हात पार्नेछन् । नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि आयोजना हुन लागेको पहिलो प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोली सातौं आरबीबी–एनभिए क्लव लिग खेल्न पाउनेछन् ।

    आठ दिनसम्म सञ्चालन हुने च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् भने विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend