आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राजस्व संकलनका लागि खल्ती र ललितपुर महानगरपालिकाबीच साझेदारी

राजस्व संकलनका लागि खल्ती र ललितपुर महानगरपालिकाबीच साझेदारी

काठमाडौं । खल्तीले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गरेको छ। करदाताले ‘खल्ती’ बाट ललितपुर महानगरपालिकाको घर बहाल कर, सम्पत्ति कर र व्यवसाय कर शुल्क तिर्न सक्नेछन् ।

हालै काठमाडौं महानगरपालिकाको कर भुक्तानीका लागि पनि सोही सेवा उपलब्ध भएको थियो। त्यसैगरि ललितपुर महानगरपालिकाका बासिन्दालाई घर बहाल कर भुक्तानी सुविधा उपलब्ध भएसँगै खल्ती प्रयोगकर्ताले वडा कार्यालयमा नगइकनै विभिन्न कर तिर्न सक्नेछन् ।

यस सेवाका बारे थप बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएको छ, किनभने यसले व्यवसाय र उपभोक्ता दुवैलाई धेरै तरिकाले फाइदा पु¥याउँछ। यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौं ।

ललितपुर महानगरपालिकासँग को यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा हजारौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ ।”

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend