सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने

काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लव गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ ।

८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिष्पर्धा गराइनेछ । विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त आयोजकले बताएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याट्स वुम्यानलाई २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्रदान गरिन आयोजकको भनाइ छ । साथै, प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरिनेछ । प्रतियोगितामा कुल १ करोड १३ लाख रुपैयाँ बजेट लाग्ने अनुमान आायेजकको छ । राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख र बाँकी रकम नेपाल क्रिकेट संघले व्यवस्थापन गर्ने सहमति भएको छ ।

खेलकुद पर्यटन नै विकास समृद्धिको आधार भन्ने नारासहित प्रतियोगिता हुन लागेको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend