logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • रवि गृहमन्त्री भएलगत्तै नेपालगन्जमा नेविसंघ नेतामाथि निर्मम आक्रमण

    रवि गृहमन्त्री भएलगत्तै नेपालगन्जमा नेविसंघ नेतामाथि निर्मम आक्रमण

    18.9K
    Shares

    नेपालगन्ज– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मुलुकको सुरक्षा नेतृत्व लिएलगत्तै नेपालगन्जमा भने कांग्रेस कार्यकर्तामाथि निर्मम खुकुरी प्रहार भएको छ ।

    नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल नेपालगञ्ज नगर कार्यसमिति सदस्य अनुराग शाह, उज्ज्वल शाह र शुभम शाहमाथि खुकुरी प्रहार भएको छ । तीनै जनामाथि ज्यान लिनेगरी सांघातिक आक्रमण भएको हो ।

    नेपालगन्ज ४ गणेशपुरस्थित आफन्तको घरमा पुगेका बेला उक्त समुहले आइतबार दिउँसो १ बजेतिर आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । घाइते तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

    शाहत्रयमाथि भएको आक्रमण सामान्य मानवीयता भन्दा पनि तल्लो स्तरको छ । उनीहरुलाई थिल्थिलो हुने गरी काटिएको छ । आक्रमण गर्ने क्रममा उनीहरू ६ जनाको संख्यामा आएको र भारतीय नम्बर प्लेटको गाडी छाडेर भागेको प्रहरीले जनाएको छ ।

    स्रोतका अनुसार सुमन मल्ल, विनोद खड्का, ज्ञानु ओलीलगायतको समूहबाट अपराधीहरु संरक्षित छन् ।

    जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले आक्रमणमा संलग्न चार जनालाई राप्ती पारिबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाइली, र तासे भन्ने प्रकाश थापालाई समातिएको छ । ‘दोषि उम्कन दिँदैनौं,’ उनले भने, ‘अपराधीलाई कानूनअनुसार कारबाही अगाडि बढाउँछौं ।’

    तरुण नेतामाथि भएको आक्रमणको सर्वत्र निन्दा भएको छ । तरुण दल बाँकेका सचिव विनोद रिजाल, नेपालगञ्ज सभापति सन्दिपजंग शाह र खजुरा सभापति कोमलराज सिंह ठकुरीले संयुक्त विज्ञप्ती निकालेर विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका आपराधिक गिरोहले तरुण दलका सदस्यहरुमाथि ज्यान लिने गरी आक्रमण गरेको उल्लेख गरेका छन् ।

    विज्ञप्तीमार्फत नगरमा निर्वाधरुपमा हिंड्डुल गरी आफ्ना दैनिक गतिविधि सञ्चालन गर्न सक्ने गरी शान्ति सुब्यवस्था कायम गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ । पीडितलाई न्याय र दोषीमाथि कडा कारवाही नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी तरुण दलले दिएको छ ।

    नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले घटनामा संलग्नहरुलाई कारवाही गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend