मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते

पाल्पाको खुर्सानेमा बस दुर्घटना, ६ जनाको मृत्यु, १८ जना घाइते

काठमाडौ । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ। दर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको वडा नं ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका हुन् ।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend