आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

अपि पावर कम्पनीले गर्यो लाभांश घोषणा

अपि पावर कम्पनीले गर्यो लाभांश घोषणा

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको सातौँ बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक बर्ष २०७८/०७९ को खुद मुनाफाबाट हाल कायम रहेको कम्पनीको चुक्ता पुँजी तीन अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको ७.५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले घोषणा गरेको उक्त लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीहरूले प्राप्त गर्नेछन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend