logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि, ५ अर्बको कारोबार

    साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि, ५ अर्बको कारोबार

    2K
    Shares
    साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि, ५ अर्बको कारोबार

    काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक २० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से सूचक २०.५५ अंकले बढ्दै २१६४.४८ अंकको विन्दुमा उक्लिएको हो ।

    २० अंकमाथिले नेप्से बढेको यस दिन ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी आज हिमालयन डिस्टिलरीको २१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको २ हजार ८७१ कित्ता सेयर किनबेच भएको छ भने सिभम् सिमेन्टको १९ करोड ६८ लाख ६३ हजार रुपैयाँ बराबरको ५७५ कित्ता सेयर कारोबार भएको छ ।

    यसदिन खप्तड लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको छ भने झण्डै १ दर्जन कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले वृद्धि भएकोमा छ ।आज बैंकिङ, म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक अन्य १० वटा उपसूचक धनात्मक भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend