logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारमा जाने या मुख्यमन्त्री, मन्त्री बन्ने भनेको जनतालाई डेलिभर गर्नका लागि हो : सहअध्यक्ष श्रेष्ठ

    सरकारमा जाने या मुख्यमन्त्री, मन्त्री बन्ने भनेको जनतालाई डेलिभर गर्नका लागि हो : सहअध्यक्ष श्रेष्ठ

    3.4K
    Shares
    सरकारमा जाने या मुख्यमन्त्री, मन्त्री बन्ने भनेको जनतालाई डेलिभर गर्नका लागि हो : सहअध्यक्ष श्रेष्ठ

    काठमाडौं । नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको पहिलो पूर्ण बैठक काठमाडौंमा शुरु भएको छ । सोमवार (भोलि) सम्म चल्ने सो बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पेस गर्नुभएको समाजवादी ध्रुवीकरण आजको आवश्यकता नाम दिइएको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । बैठकले मुख्यतः नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने विषयलाई टुंग्याउने छ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच हुन लागेको एकताको सम्बन्धमा न्युज एजेन्सी नेपालले नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसँग संक्षिप्त कुराकानी गरेको छ । प्रश्तुत छ उनिसँग गरिएको कुराकानीः

    प्रश्नः नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकता गर्ने तयारी भइरहेको छ , माओवादीहरुले वाम एकता गर्ने भनिरहेका छन्, तपाईहरु समाजवादी केन्द्र बनाउने भनिरहनुभएको छ, कुन एकता गर्न लागेको हो प्रष्ट पारिदिनुस् न, एकताको तयारी कहाँ पुग्यो, कहिलेसम्म एकता भइसक्छ ?
    उत्तरः पहिलो कुरा, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकीकरण गर्ने हो । र जहाँसम्म नेकपा (माओवादी केन्द्र) ले अहिले वाम एकता, कम्युनिष्ट एकताको लागि भनेर पहलकदमी शुरु गरेको भनेर बाहिर निर्णयहरु सार्वजनिक भएका छन् । त्यो उहाँहरुले वृहत्तर ढंगबाट नेपालको सबै कम्युनिष्टहरुलाई एउटै ठाउँमा अथवा एउटै पार्टीमा ल्याउन सक्दा राम्रो भन्ने हिसावले गर्नुभएको होला । मेरो बुझाइमा कस्तो हो भने विचार मिल्ने, राजनीति मिल्ने, कार्यक्रमहरु मिल्ने, कार्यदिशा मिल्ने पार्टीहरुकाबीच अलग अलग चुलाचौका लगाइरहनु जरुरी छैन । उनीहरुको बीचमा तत्काल पार्टी एकीकरण नै गरेर जाने र जसको अहिले मुद्दा मात्रै मिलिराखेको छ, तर आधारभुत रुपमा विचारका कुरा, राजनीतिका कुरा, अरु कार्यक्रमका कुराहरु छलफल गर्नु आवश्यक छ । त्यसको लागि अहिले एउटा सामान्य लुज फोरम बनाउने र त्यो लुज फोरममार्फत छलफल गर्दै जाने र छलफल गर्दै गइसकेपछि भोलि हामीले जो अहिले समाजवादी केन्द्र निर्माणको कुरा गरेका छौँ । त्यो वातावरण बन्न त्यसले एउटा सहजीकरण गर्छ जस्तो लाग्छ । र सँगसँगै यहाँले जुन कुरा सोध्नुभएको छ कहिलेसम्म हुन्छ ? नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी बीचको एकता छिटोभन्दा छिटो हुन्छ । किनकी नेकपा (माओवादी केन्द्र) ले वार्ता समिति निर्माण गरिसक्नुभएको अवस्था छ । नेसपाको पनि यतिखेर राजनीतिक समितिको बैठक बसिराखेको छ । त्यो राजनीतिक समितिको बैठकमा एउटा योजना यो पार्टी निर्माण सम्बन्धी पनि छ । त्यसो भएको हुनाले हामीले पनि पार्टीलाई एकीकरण गर्नको निम्ति एउटा वार्ता समिति हामी पनि बनाउँछौँ । यसरी दुईवटा वार्ता समितिका बीचमा बसेर आवश्यक गृहकार्य हुन्छ । सो आवश्यक गृहकार्य दुवै पार्टी कमिटीमा बुझाइसकेपछाडी छिटोभन्दा छिटो निस्कर्षमा पु¥याउँछौँ यो पार्टी एकतालाई ।

    प्रश्नः विगतमा माओवादी केन्द्रले पनि र तपाईहरु आवद्ध पार्टीले पनि दुई अध्यक्ष बनाएर पार्टी एकता गरेको थियो, दुई पार्टीबीच कसरी एकता गर्ने सोच्नुभएको छ ? दुई अध्यक्ष अथवा एकै अध्यक्ष ? डा. भट्टराईको भुमिका र वरियता के रहन्छ ?
    उत्तरः यो त गृहकार्य गर्नका लागि जुन टिम बनिराखेको छ नि उहाँहरुको बीचमा । अर्थात दुईवटा जुन वार्ता समिति छ, उनीहरुको बीचमा औपचारिक ढंगले विचार, राजनीति, कार्यदिशा, संगठन, नेतृत्व प्रणाली र व्यक्तिहरुको व्यवस्थापनको यि सबै कुराहरु त उहाँहरुले छलफल गर्नुहुन्छ नि । उहाँहरुले गृहकार्य गर्नुहुन्छ । त्यहाँ प्रचण्डको के हुने ? बाबुरामको के हुने ? अरु के हुने ? त्यो त समग्रमा उहाँहरुले गृहकार्य गर्नुहुन्छ । गृहकार्यपछि आवश्यकता अनुसार केन्द्रिय समिति वा राजनीतिक समितिको बैठक बस्ला वा पदाधिकारीको बस्ला र टुंग्याउँछ ।

    प्रश्नः माओवादी केन्द्र र नेसपाको एकीकरणपछि कम्युनिष्ट पार्टी बन्ने हो कि ? समाजवादी केन्द्र बन्ने हो कि ? अथवा अरु नै नाम राखेर जाने हो ?
    उत्तरः अहिले हामीले वैचारिक रुपमा के भनिराखेका छौँ भने एकातिर साम्यवादी दर्शन बोकेका कम्युनिष्ट पार्टीहरु छन् । अर्कोतिर नवउदारवादी लोकतान्त्रिक विचार बोकेका पार्टीहरु पनि छन् । र यी दुईवटै पार्टीहरु नेपालमा कुनै न कुनै ढंगले पटक पटक सत्तामा पनि गए । पटकपटक उनीहरुले यो देशमा राज्य पनि चलाए । संसारभरको इतिहासमा पनि त्यस्तै हामीले देख्नसक्छौँ । उनीहरु दुईवटै पार्टी या दुईवटै दर्शनबाट गाइडेड पार्टी र उनीहरुले चलाएको सत्तामा समस्याहरु त देखियि नि त । पछिल्लो चरणमा आउँदाखेरी हामीले यसको समाधान भनेको साम्यवाद या उदार लोकतन्त्रको दार्शनिक, कार्यक्रमिक हिसावबाट समाधान भनेको त्यो समाजवाद हुन्छ भनेर भनेका छौँ । अहिले हामीले चाहेको कुराचाहीँ समाजवाद अर्थात समाजवादी केन्द्र बनाउने नै हो ।

    प्रश्नः माओवादी केन्द्र र नेसपाका बीचमा एकता गर्नैपर्ने जड के हो विचार, कार्यक्रम अथवा सिद्धान्तको हिसावले ? एकीकरण गर्नैपर्ने बिन्दुमा किन आइपुग्यो ?
    उत्तरः यसका दुईवटा पाटाहरु छन् । एउटा पाटो भनेको मैले अघि पनि भने पार्टी भन्ने बित्तिकै विचार, राजनीति, समाजशास्त्र, राजनीतिशास्त्रको कुरा आउँछ । सँगसँगै संस्कृति र मनोविज्ञानका कुरा पनि आउँछ । यि सबै अहिले हामीले हेर्दाखेरी नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले जुन औपचारिक रुपमा अंगिकार गरिराखेको छ, त्यसमा खासै तात्विक अन्तरहरु हामीले देखिराखेका छैनौँ । जस्तो दार्शनिक रुपमा हेर्दाखेरी हामीले पनि द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद मानेकै छौँ । नेकपा(माओवादी केन्द्र)ले पनि द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद मानेकै छ । त्यसलाई अझ समृद्ध गर्ने र मानवतावादसम्म पु¥याउने हामीले लक्ष्य राखिराखेका छौँ । त्यस्तै राजनीतिक कार्यक्रमका हिसावले, एजेण्डाको हिसावले हेर्दाखेरी पनि हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको कुरा गरेका छौँ । उहाँहरुले पनि गरिराख्नुभएको छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा गरेका छौँ, उहाँहरुले पनि गरिराख्नुभएको छ । अरु थुप्रै राजनीतिक एजेण्डाहरु, मुद्दाहरुमा पनि समानता छ । सँगसँगै हामीले प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्दै बाँकी उपलब्धि प्राप्त गर्नको निम्ति अलग अलग बसेर होइन, एकठाउँमा बसेर त्यो सम्भव हुन्छ भन्ने कुराको बुझाइमा उहाँहरुको पनि र हाम्रो पनि समानता छ । त्यसले गर्दा वैचारिक, राजनीतिक, सांगठानिक आदि हिसावले पनि हामी त्यतिधेरै फरक छैनौँ । जसले गर्दा हामी किन नमिल्ने भन्ने एउटा यो पाटो हो । दोस्रो पाटो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणामले हिजो दशवर्ष जनयुद्ध सञ्चालन गरेको नेकपा(माओवादी) या जनयुद्ध, जनआन्दोलन, मधेस बिद्रोह लगायत जतिपनि आन्दोलनहरु छन् । क्रान्ति या युद्धहरु छन् । त्यसको एकमुष्ट प्राप्ति भनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हो । त्यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नै यतिखेर आउँदाखेरी निर्वाचनको परिणामले संकटमा पर्ने त होइन भन्नेखालको एउटा सोचनिय स्थितिमा सबैलाई पु¥याएको छ । किनकी हिजोका संर्वद्धनवादी शक्ति ०७४ सालको निर्वाचनमा राप्रपा १ सिट ल्याएर थ्रेसहोल्ड कटाउन नसकेर अस्तित्व संकटमा परेको थियो त्यो अहिले १४ सिटसहित पुनर्जागृत भएर आइराखेको छ । र हामी यो प्रदेशको संरचना मान्दैनौँ भनेर प्रदेशमा १ जनापनि सांसदको उम्मेदवार नदिने रास्वपा पार्टी अहिले २० सिट लिएर आइराखेको छ । अरु पनि केही त्यस्ता पार्टीहरु छन् । हिजो जो लडेका थिए एकातिर नेकपा (माओवादी केन्द्र)को कुरा गर्दाखेरी हिजो जनयुद्ध लडेको हो नि । यो देशमा गणतन्त्र, संघीयता ल्याउन सबभन्दा बढी रगत, पसिना बगाएको पार्टी भनेको त नेकपा(माओवादी केन्द्र) हो नि । त्यो पार्टीको भोट र रास्वपा पार्टीको भोट अहिले आउँदाखेरी केही हजार मात्रै फरक छ । उत्ति उत्ति नै छ क्या । यो कसरी भयो ? अघिल्लो निर्वाचनमा थ्रेसहोल्ड काट्न नसकेको राप्रपा अहिले करिब ६ लाख भोट लिएर आइराखेको छ, यो त गम्भिर कुरा हो नि । हिजो संघीय लोकतान्त्रिक गणतन्त्र बनाउनको निम्ति जुन जुन शक्तिहरु मिलेर लडेका थिए, ति शक्तिहरु फेरि आज एक ठाउँमा आउनुपर्ने, यो संविधानको रक्षा गर्नुपर्ने, प्राप्त उपलब्धिहरुको रक्षा गर्नुपर्ने, र यो संविधानको सफल कार्यान्वयन गर्दै बाँकी उपलब्धिहरु प्राप्त गर्नको निम्ति फेरि मिलेर जानुपर्ने जुन स्थिति आयो त्यसले गर्दा विचार मिल्नेहरु जति अहिले पार्टी एकता गरेर जाऔँ । नमिल्नेहरुका बीचमा पनि एउटा राष्ट्रिय सहमति कायम गर्दै, लुज फोरमहरु बनाउँदै प्राप्त उपलब्धीहरुको रक्षा गर्दै जाऔँ भन्ने स्प्रिटका साथमा हामीले माओवादी केन्द्रसँग पार्टी एकताको पहल गरिराखेका हौँ ।

    प्रश्नः पार्टी एकता गर्दैगर्दा राजकीय पदहरु, संवैधानिक पदहरुमा तपाईहरुको माग अथवा दाबी के छ ?
    उत्तरः हामी एकल चुनाव चिन्हमा गोलाकारभित्रको हँसियाहथौडा जुन नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह हो । त्यो चुनाव चिन्हमा हामी चुनावी प्रतिस्पर्धामा गयौँ । हामी केही संघमा र केही प्रदेशमा हामीले चुनाव पनि जित्यौँ । म स्वयं पनि वागमती प्रदेश सभामा सिन्धुलीबाट निर्वाचित भएको छु । गोलाकारभित्रको हँसियाहथौडा चुनाव चिन्हबाट नै । कानूनी हिसावले अहिले गोलाकारभित्रको हँसिया हथौडा माओवादी केन्द्रको भएको हुनाले मैले त्यो चुनाव चिन्हबाट लडेको हुनाले म बागमती प्रदेशमा वागमती प्रदेश सभाको सदस्य हुँदैगर्दा वागमती प्रदेश सभाको संसदीय दलको सदस्य माओवादी केन्द्रको म हो । मलाई ह्वीप लाग्छ । कानूनी हिसावले यो छ । त्यो भएको हुनाले स्वतः राजकीय पदको बाँडफाँटमा मेरो आफ्नो पनि त्यहाँनेर अथवा हाम्रो पार्टीको पनि त्यहाँनेर हक लाग्नेकुरा, अधिकार हुनेकुरा स्वतः हो ।

    प्रश्नः अध्यक्ष डा. बाबुराम भट्टराईलाई कुनै संवैधानिक पदमा लान खोज्नुभएको हो ?
    उत्तरः यो हामीले भनेर मात्रै हुँदैन । अहिले जम्मा सातवटा दलहरु एकठाउँमा उभिएर गठबन्धन बनाएर अहिलेको सरकार बनिराखेको छ । हिजो विशेष गरेर पाँच दलको बीचमा गठबन्धन गरेर भएको थियो । अहिलेको गठबन्धनमा केही दलहरु थपिने सम्भावना अझैपनि छन् । जसले गर्दाखेरी अब यो राष्ट्रिय रुपमा नै संवैधानिक पदहरुको बाँडफाँटमा राष्ट्रपति कसको भागमा पर्ला ? उपराष्ट्रपति कसकोमा पर्ला ? सभामुख, उपसभामुख कसकोमा पर्ला ? मन्त्रीमण्डल बिस्तार हुन बाँकी छ । सात प्रदेश प्रमुख, सात मुख्यमन्त्री बाँकी छ । धेरै चिजहरु गर्नु छ नि त । त्यसले गर्दा अहिले व्यक्तिगत रुपमा कहाँ के कुन पार्टीको भनेर भन्नुभन्दा गठबन्धनको बिचमा छलफल हुन्छ । गठबन्धनको छलफलबाट कुन पद कुन पार्टीको भागमा रहन्छ ? त्यसपछाडी बल्ल व्यक्तिको पनि कुरा आउँछ ।

    प्रश्नः तपाई वागमती प्रदेश सभा सदस्य हुनुुहुन्छ, तपाई सरकारमा जाने, नजाने सम्बन्धमा तपाईको इच्छा, चाहाना अथवा दाबी चाहीँ के हो ?
    उत्तरः सरकारमा स्वतः जाने नै हुन्छ । किनकी सरकारमा जाने या मुख्यमन्त्री, मन्त्री बन्ने भनेको जनतालाई डेलिभर गर्नका लागि हो । यहाँको विकास निर्माणको लागि हो । त्यो सांसद मात्रै भएर गर्नुभन्दा मुख्यमन्त्री या मन्त्री कार्यकारी पदसहित गर्दाखेरी बढी गर्न सकिन्छ । त्यसो भएको हुनाले नजाने भन्ने कुरा त भएन । त्यहाँ जाने नै हो । तर एउटा जटिलता व्यक्तिगत रुपमा मेरो हकमा कस्तो भयो भने हामीले पार्टी एकता बल्ल गर्नेतिर गइराखेका छौँ । त्यो प्रक्रिया अगाडी बढीराखेको छ । हिजो हामीले एकल चुनाव चिन्ह लिएर गयौँ । तर संसदीय दल निर्माणको हिसावले चाहीँ कस्तो हुँदोरहेछ भने म त नेपाल समाजवादी पार्टीको एउटा सहअध्यक्ष भएँ नि । नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्हबाट लडेपनि पार्टी त मेरो अलग छ । अहिलेको कानूनले के गर्दोरहेछ भने अलग दलको सदस्य अर्को अलग दलको संसदीय दलको नेता बन्न नमिल्दो रहेछ । त्यो भएको हुनाले मैले माग गरेको अथवा दाबी गरेको त हो । तर दाबी गर्दापनि कानूनी हिसावले नै जटिलता भएर नमिल्ने भएपछि मैले कि त कानून बदल्नतिर जानुप¥यो । कि होइन भने अहिले छोडिदिनु प¥यो । त्यसकारणले गर्दाखेरी अहिले म संसदीय दलको नेताबाट पछि हटेको छु । अरु विषयमा फेरि छलफल हुँदै जान्छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend