logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैन, अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेको छः मुख्यसचिव बैरागी

    निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैन, अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेको छः मुख्यसचिव बैरागी

    2.5K
    Shares
    निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था छैन, अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेको छः मुख्यसचिव बैरागी

    काठमाडौं । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् । सोमवार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत कारोबार शुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताए । मुख्यसचिव बैरागीले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको बताए । उनले अर्थतन्त्रका सूचकहरुमा समेत सुधार हुँदै गइरहेको अवस्थामा बैंकहरु मर्जर भइ देशकै ठूलो बैंक बनेको ग्लोवल आईएमई बैंकको कारोबारपछि सूचकमा झनै राम्रो हुने बताए । उनले निजी क्षेत्रलाई सरकारको साथ सदैव रहेको भन्दै सरकार निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेबारेमा लागिपरेको बताए । उनले वर्तमान सरकारको प्राथमिकतामा नै अर्थतन्त्र परेकाले निजी क्षेत्रले आफ्नो मनोबल बढास्र एक जुट भइ काम गर्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेका छन्, सूचकहरुमा सुधार आएको छ । यो मर्जरले सूचकमा राम्रो गर्नेछ । निजी क्षेत्र हतोत्साही हुनुपर्ने स्थिति छैन । सरकारले साथ दिनेछ, दिँदै आएको छ । निजी क्षेत्रको मनोबल कसरी अघि बढाउने भन्नेमारेमा प्रधनमन्त्रीको प्राथमिकता छ । निजी क्षेत्रले मनोबल उठाएर एक जुट भइ काम गर्ने हो भने लगानी प्रवद्र्धन गर्नेकुरामा इच्छित कुरा प्राप्त गर्नेछौँ ।’

    मुख्यसचि बैरागीले निजी क्षेत्रहरु एकजुट भइ काम गर्ने हो भने लगानी गर्नेकुरामा सोचेको परिणाम प्राप्त हुने बताए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend