आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

महिला लघुवित्तले सेयरधनीहरूलाई लाभांश दिने घोषणा

महिला लघुवित्तले सेयरधनीहरूलाई लाभांश दिने घोषणा

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

गत वर्ष पनि कम्पनीले सोही अनुपातमा लाभांश दिएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend