सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी प्रतिपक्षकै कुर्सीमा बस्नेछौं : रञ्जिता श्रेष्ठ

जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी प्रतिपक्षकै कुर्सीमा बस्नेछौं : रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठले टीकापुर घटनाका थारु राजबन्दी रिहा नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने बताएकी छन् । मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

आफ्नो पार्टी गठबन्धनमा सहभागी हुने तर राजबन्दीहरू रिहा हुनुपर्ने बताइन् ।

‘‘हामी गठबन्धनमै सहभागी भइरहन चाहन्छौं । सुदूरपश्चिममा हाम्रो सरकार होस् । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुहोस्,” उनले भनिन् ।

प्रधानमन्त्री प्रचण्डले दिएको मौखिक वाचा पूरा भएको भए आफूहरु सत्तापक्षकै कुर्सीमा बस्ने थियौं भन्दै अध्यक्ष श्रेष्ठले भनिन्, ‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी प्रतिपक्षकै कुर्सीमा बस्नेछौं ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend