logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • हुम्लामा गोल्डकप हुने, विजेतालाई र एक लाख ५० हजार नगद र ट्रफी

    हुम्लामा गोल्डकप हुने, विजेतालाई र एक लाख ५० हजार नगद र ट्रफी

    4.3K
    Shares
    हुम्लामा गोल्डकप हुने, विजेतालाई र एक लाख ५० हजार नगद र ट्रफी

    हुम्ला । हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ । हुम्ला फुुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो ।

    हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका टिम र जिल्लामा दर्ता भएर क्रियाशील रहेका क्लबले उक्त कपमा भाग लिन पाउने भएको एकेडेमीका अध्यक्ष विष्णुु रावतले बताए ।

    गोल्डकप विजेताले रु एक लाख ५० हजार नगद र ट्रफी पाउनेछन् भने द्वितीय हुनेले रु एक लाख नगद पाउनेछन् । त्यस्तै तृतीय हुने टिमले रु ७५ हजार पाउने छन् । लिग चरण खेलाइने प्रतियोगितामा प्रत्येक खेलमा एक जना म्यान अफ द म्याच पनि घोषित गरिने भएको अध्यक्ष रावतले बताए ।

    हुम्ला गोल्डकप अब प्रत्येक वर्ष सञ्चालन हुने भएको छ । गोल्ड कपका लागि एकेडेमीले फुटबल ग्राउण्डलाई व्यवस्थित गर्ने कार्य माघ महिनामा गर्ने जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend