logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भलिबल : त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा

    भलिबल : त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा

    1.6K
    Shares
    भलिबल : त्रिभुवन आर्मी क्लव सेमिफाइनलमा

    काठमाडौं । गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लव राजधानीमा जारी साताैँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा आर्मीले लगातार दुई खेलमा जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीले गण्डकीमाथि २५–११, २५–१० र २५–१५ को सेटमा जित निकाल्न सफल भएको थियो । यससँगै आर्मीले दुई खेलबाट ६ अंक जोड्यो । गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । लगातार दोस्रो हारसँगै गण्डकीको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । समूह ‘बी’ बाट एक खेल खेलेको एपिएफको ३ अंक छ । लगातार दोस्रो खेलमा पनि अंक सुम्पिएको गण्डकीले खाता खोल्न सकेका छैन । कृष्ण सेकेण्डरी एकेडेमीले पनि अंक जोड्न सकेको छैन । यो समूहमा अब आर्मीले एपिएफसँग खेल्न बाँकी छ भने पहिलो खेलमा सुखद् नतिजा निकालेको एपिएफले आर्मी र कृष्ण सेकेण्डरी स्कुलसँग प्रतिष्पर्धा गर्न बाँकी छ ।

    प्रतियोगिता अन्तर्गत बुधवार नै भएको समूह ए को अर्को खेलमा एभरेष्ट भलिबल क्लवले नयाँ बजारमाथि ३–० को सोझो सेटमा हराएर सान्त्वना जित निकाल्यो । एभरेष्टले नयाँ बजारलाई २५–१२, २५–१२ र २५–१४ को सेटमा हराएको हो । यस जितसँगै एभरेष्टले ३ खेलमा ३ अंक जोडेर समूहमा तेस्रो भएको छ । नयाँ बजार भने अंकबिहीन बनेको छ । यद्यपि दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् । यो समूहबाट साविक विजेता न्यु डायमण्ड युथ स्पोट्र्स क्लव र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुन बाँकी छ । यी दुई टोलीको प्रतिष्पर्धा बिहीवार हुनेछ र विजेता टोली समूह विजेता र पराजित टोली उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछन् ।

    यस्तै बुधवार सम्पन्न पुरुषतर्फ समूह सी को प्रतिष्पर्धामा ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले न्युटन भलिबल एकेडेमीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । शुरुवाती दुई सेटमा जित निकालेपनि त्यसपछिको दुवै सेट गुमाउँदा ढोरपाटनले पाँचौ सेटमा संघर्ष गर्नुपरेको थियो । पहिलो र दोस्रो सेटमा क्रमशः २५–२३ र २५–२० को जित निकालेको ढोरपाटनले त्यसपछि दुई सेट क्रमश १८–२५ र २२–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । तर, पाँचौ सेटमा ढोरपाटनले १५–९ ले पक्षमा पार्दा रोमाञ्चक जित निकाल्न सफल भएको हो । यससँगै समूह सी मा रहेको ढोरपाटनले दुई खेलबाट २ अंक जोडेको छ । पराजित न्युटनले दुई खेलबाट १ अंकको खाता खोलेको छ ।

    यस्तै अर्को खेलमा हेल्प नेपाल स्पोटर््स क्लवले केशवलाल भलिबल केन्द्रलाई सोझो सेटमा पराजित ग¥यो । शुरुवातबाट नै दबाब राख्दै खेलेको हेल्प नेपालले केशवलाललाई २५–१८, २५–१८ र २५–१३ को सेटमा स्तब्ध बनाएको हो । यस अघि भएको खेलमा विभागीय टोली नेपाल पुलिसले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित समूह विजेताको रुपमा अन्तिम आठमा प्रवेश गरेको छ । पुलिसले गण्डकीलाई २५–२३,२५–२१,२४–२८ र २५–१५ ले हराएको हो । यस जितसँगै पुलिस समूह सी को समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसले ३ खेलमा ९ अंक जोड्यो । पुलिसले अब क्वाटरफाइनलमा दावाली मिलन क्लवसँग खेल्नेछ । दावाली समूह एको उपविजेता बन्दै यसअघि नै क्वाटरफाइनलमा पुगेको छ ।

    प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend