logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एउटा नेता र प्रधानमन्त्रीले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण सम्भव छैन : नेपाल

    एउटा नेता र प्रधानमन्त्रीले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण सम्भव छैन : नेपाल

    1.6K
    Shares
    एउटा नेता र प्रधानमन्त्रीले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण सम्भव छैन : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए ।

    ‘प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ’, उनले भने, ‘यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुनुपर्‍यो, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ ।’

    एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उनले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रहेको बताए । लोभलालच र राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढेको उनको भनाइ थियो ।

    यसै कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता युवराज ज्ञवालीले भ्रष्टाचार नियन्त्रण गर्न कठिन सङ्घर्षको जरुरी रहेको बताए । ‘जरो गाडेर रहेको यो विकृतिको अन्त्य गर्न धेरै समय लाग्छ, अहिले हाम्रो सबैभन्दा ठूलो दुस्मन नै यही हो’, उनले भने । उनले राजनीतिक, सांस्कृतिक र विकास निर्माणका क्षेत्रमा यसले गहिरो असर गरिरहेको छ भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend