शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

धर्नास्थल माइतीघर मण्डला जाँदै गृहमन्त्री लामिछाने

धर्नास्थल माइतीघर मण्डला जाँदै गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माइतीघर मण्डलामा भइरहेको धर्नास्थलमा जाँदैछन । बाँकेकी निर्मला कुर्मी बेपत्ता र नन्कुन्नी धोबीको हत्यारालाई कारवाहीको माग गर्दै माइतिघर मण्डलामा धर्नामा बसेकी अधिकारकर्मी रुवी खान लगायतलाई भेटन गृहमन्त्री लामिछाने त्यसतर्फ जान लागेका हुन् ।

बेपत्ता कुर्मी र मृत्यु भएकी धोवीको हत्यारा पत्ता लगाउन अघिल्लो सरकारले बनाएको छानविन समितिले कात्तिक १४ गते पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनमा पूर्व सभासद् बादशाहको शंकास्पद भूमिका रहेको निष्कर्ष निकालिएको थियो भने थप अनुसन्धान गर्न सिफारिस गरिएको थियो । सो प्रतिवेदनमा अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न सुझाव दिइएपनि सो को कार्यान्वयन नभएको भन्दै खानले पुन माइतीघरमा धर्ना दिन थालेकी थिइन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend