काठमाडौँ । गृहमन्त्री रवि लामिछाने माइतीघरमा धर्नारत रुवि खानलाई भेट्न पुगेका छन् । आज (शनिबार) लामिछाने खान धर्ना बसिरहेको स्थान माइतीघरमा पुगेका हुन् ।
अभियन्ता खान निर्मला कुर्मी हत्या प्रकरण र शारीरिक बन्धक बनाई बेपत्ता पारिएकी नन्कुन्नी धोवीको मुद्दाको प्रभावकारी अनुसन्धानको माग गर्दै धर्नारत रहेकी हुन् ।
लामिछानेले सरकार पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको बताए । उनले सरकार पीडितलाई न्याय दिन प्रतिबद्ध रहेको भन्दै धर्ना छाड्न आग्रह गरेका छन् ।