logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आँधीका कारण अलाबामामा नौ जनाको मृत्यु

    आँधीका कारण अलाबामामा नौ जनाको मृत्यु

    1.6K
    Shares
    आँधीका कारण अलाबामामा नौ जनाको मृत्यु

    अमेरिका । अमेरिकाको अलाबामा राज्यमा बिहीबार आएको आँधीमा परी नौ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा उद्धार कार्य जारी रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

    उद्धारकर्ताहरूले प्रभावित क्षेत्रमा घर–घरै पुगेर मृतक र घाइतेहरूको खोजी कार्य जारी राखेका छन् । जर्जिया शहरको स्पाल्डिङ काउन्टीमा, मध्यविद्यालयका प्रिन्सिपलहरूले विद्यार्थीहरूलाई परिवारसँग पुनर्मिलन गर्न मद्दत गर्न पनि सतपकारवाला निकायलाई अनुरोध गरेका छन् ।

    नजिकैको बट्स काउन्टीमा एउटा रूख लडेर गाडीमा गाडीलाई ठक्कर दिँदा पाँच वर्षीय बालकको मृत्यु भएको र उनका आमाबाबु गम्भीर घाइते भएको बताइएको छ

    यसैगरी मोन्टगोमेरी नजिकैको अटाउगा काउन्टी आँधीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार शुक्रबार सम्म मारिएका नौ जना मध्ये सात जना औटागाका बासिन्दा थिए। सेल्मा नजिकैको शहरबाट कुनै हताहती नभएको भएपनि घर र व्यापार लगायत शहरका धेरैजसो क्षेत्रमा व्यापक क्षति पुगेको छ ।

    आँधीले यस चीसो मौसममा व्यापक असर गरेको छ । स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रभरि स्थानीयहरूलाई थप खतराहरूको चेतावनी दिदैँ सडकबाट टाढा रहन आग्रह गरेका छन्। यसैगरी जर्जिया शहरमा पनि आँधीँबाट धनजनको क्षति भएको छ ।

    हजारौं घरमा बिजुली पुर्नस्थापनाका लागि व्यापक अभियान चलिरहेको छ । भग्नावशेषमा मानिसहरु अझै फसेको हुनसक्ने भएकाले खोजी अभियान चलाइएको छ । सन् २०२१ डिसेम्बरमा अमेरिकाका छवटा राज्यमा आँधीबेहरीका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो जसमा केन्टकी जिल्ला न्यायाधीशले पनि आफ्नो ज्यान गुमाएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend