
पोखरा । दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजना यात्रुको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भइरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए । उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ ।
उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइने जानकारी दिए। काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाइएको उनको भनाइ थियो । अप्ठेरा खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend