logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विमान दुर्घटनामा परेका चारजना अझै बेपत्ता, खोजीका लागि सशस्त्रको गोताखोर परिचालन

    विमान दुर्घटनामा परेका चारजना अझै बेपत्ता, खोजीका लागि सशस्त्रको गोताखोर परिचालन

    4.3K
    Shares
    विमान दुर्घटनामा परेका चारजना अझै बेपत्ता, खोजीका लागि सशस्त्रको गोताखोर परिचालन

    पोखरा । दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजना यात्रुको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

    उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भइरहेको जानकारी दिँदै उनले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताए । उनका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ ।

    उनले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको यहीँ नै आफन्तलाई जिम्मा लगाइने जानकारी दिए। काठमाडौँका शव उतै आफन्तलाई बुझाउने गरी पठाउने सोच बनाइएको उनको भनाइ थियो । अप्ठेरा खोँचमा रहेका केही शव निकाल्नका लागि क्रेनको प्रयोग भइरहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend