logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

    चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

    1.4K
    Shares
    चिनियाँ रासायनिक कारखानामा विस्फोट, दुई जनाको मृत्यु

    एजेन्सी । चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । घटनामा ३४ जना घाइते भएका छन् ।

    उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।

    विस्फोटपछि १२ जना हराइरहेका र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ ।

    सिसिटिभीले भनेको छ, “आगो अहिले नियन्त्रणमा आइसकेको छ ।”

    सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखिएको छ ।

    आगलागी नियन्त्रणका लागि ३३० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको सीसीटीभीले जनाएको छ ।

    गत डिसेम्बरमा उत्तरपश्चिम चीनको सिन्जियाङ क्षेत्रमा रहेको एक सुनखानीमा भएको विस्फोटमा परी १८ जना सुरूङमा फसेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend