logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय शोकमा कर्णाली प्रदेशसभाको बैठक स्थगित

    राष्ट्रिय शोकमा कर्णाली प्रदेशसभाको बैठक स्थगित

    4.3K
    Shares
    राष्ट्रिय शोकमा कर्णाली प्रदेशसभाको बैठक स्थगित

    कर्णाली । राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकका कारण बैठक स्थगित गरिएको हो ।

    काठमाडौँदेखि पोखराका लागि ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को विमान पोखराको नयाँ गाउँस्थित सेती नदीको खोँचमा परी दुर्घटना भएको थियो ।

    दुर्घटनापछि सरकारले राष्ट्रिय शोकका आज बिदा दिएसँगै प्रदेशसभाले आज बस्ने भनेको बैठक स्थगित गरेको हो । विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेशभसाको आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

    उनका अनुसार प्रदेशसभाको उक्त बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम भोलि माघ ३ गते मङ्गलबार दिनको १ बजे बस्नेगरी सूचना प्रकाशित गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend