शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

विमान दुर्घटना : पोष्टमार्टम सुरु, प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी 

विमान दुर्घटना : पोष्टमार्टम सुरु, प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी 

sf:sL,@ df3M c:ktfn aflx/ d[tssf cfkmGthg kf]v/fdf cfOtaf/ otL Po/nfOG; ljdfg b'3{6gfdf d[To'' ePsfx¿sf] zj k/LIf0fsf] k|ltIffdf klZrdf~rn If]qLo c:ktfnsf] zju[x aflx/ e]nf ePsf d[tssf cfkmGthg . sf7df8f}Faf6 zj k/LIf0f ug]{ lrlsT;s cfpg l9nfO x'Fbf k/LIf0f ;'¿ x'g;s]sf] 5}g . tl:a/ M s[i0f bjf8L÷/f;;

पोखरा । आइतबार पोखराको सेतीखोँचमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका व्यक्तिहरुको पोष्टमार्टम सुरु भएको छ । शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमार्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए । पोष्टमार्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौँबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन् ।

दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा राखिएको छ । एउटा शव पोष्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले जनाएको छ ।

पोष्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइने छ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवहरु काठमाडौँस्थित शिक्षण अस्पतालमा पठाइनेछ ।

पोष्टमार्टमपछि शव बुझ्न दिवङ्गतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन् । दुर्घटनामा परेका चार जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend