logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • स्ववियुको नेतृत्व वास्तविक विद्यार्थीले गर्नुपर्छ : शंकर पोखरेल

    स्ववियुको नेतृत्व वास्तविक विद्यार्थीले गर्नुपर्छ : शंकर पोखरेल

    2K
    Shares
    स्ववियुको नेतृत्व वास्तविक विद्यार्थीले गर्नुपर्छ : शंकर पोखरेल

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन् । सोमवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरे ।

    उनले हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्ने बताए । उनले वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

    महासचिव पोखरेलले अनेरास्ववियुलाई अग्र्यानिक अनेरास्ववियु बनाउन निर्देशन दिए । उनले भने – ‘मैले तपाईहरुका बीचमा सुनिरहेको सन्दर्भ के भने दोहो¥याएर फेरि स्ववियुमा जान पाइन्छ कि पाइँदैन ? एम ए पास गरिसकेको मान्छे बिए मा भर्ना हुन पाइन्छ कि पाइँदैन त्यही क्याम्पसमा ? यो कुनै जरुरी छ ? यो विषय हाम्रो वहसको विषय बन्यो भने यो अखिलले समाजलाई बदल्न सक्छ ? त्यसअर्थमा हामीले भन्नुप¥यो हामी नेताहरु जो छौँ अहिलेसम्म काम गरेर नेतृत्वमा रहेकाहरुले के भन्नुप¥यो भने अबको नेतृत्व विकासको जिम्मा मेरो जिम्माको कुरा हो । त्यस अर्थमा म यस्ता प्रतिभाशाली युवाहरुलाई स्ववियु निर्वाचनमा खडा गरेर आफ्नो क्याम्पसमा जिताएर देखाउछु भन्ने अठोट र संकल्प गर्नुभयो भने वास्तविक अनेरास्ववियु त्यतिबेला निर्माण हुन्छ । आफूलाई हेरेर होइन भविष्यलाई हेरेर गर्नुपर्‍यो । आफूलाई हेर्नुभयो भने निष्पक्ष न्याय हुनै सक्दैन । आफूलाई अलग गरिदिनुस् । अरुले तपाईको खोजि गर्छन् भने ठिक छ । नेताहरु आफैँले आफैँलाई दाबी गर्दै नगर्नुस् । अरुलाई खोज्न थाल्नुस् । यति गर्नुभयो भने नेतृत्व निर्माणमा कुनै समस्या हुँदैन । साँच्चैको विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्छ । अग्र्यानिक अनेरास्ववियु बनाउनुपर्छ । विद्यार्थीहरु बीचको संगठन बनाउनुपर्छ ।’

    महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान थालेको बताए । सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै उनले यसले उदार पुँजीवाद र दलाल नोकरशाहलाई प्रवर्द्धन गर्ने बताए ।

    उनले एमाले नेतृत्वको सरकार हुँदा सडकमा नागरिक आन्दोलनको नाममा आन्दोलन हुने गरेको उल्लेख गर्दै बुर्जुवाहरुले सरकारको नेतृत्व गर्दाभने नागरिक आन्दोलन सुतेर बस्ने गरेको टिप्पणी गरे । उनले नागरिक आन्दोलनको नाममा जनताको वास्तविक अधिकारलाई स्थापित हुनबाट रोक्ने प्रपञ्च गरिएको आरोप लगाए ।

    महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई माथि लैजानसक्ने सामर्थ्य एमालेसँग मात्रै रहेको दाबी गरे । एमालेले नै नेपालमा लोडसेडिङको अन्त्य गरेको उनको भनाई थियो । एमालेले बनाएको उज्यालो नेपालको योजना अर्कैले अपहरण गरेको उनको आरोप छ । एमालेले देशको विकास र समृद्धिमा धेरै ठूलाठूला काम गरेको भएपनि ति कामहरुलाई जनताको बीचमा स्थापित गराउन नसकेको उनले बताए । उनले मुलुकमा धेरै राजनीतिक दलहरु हुँदा अस्थिरता हुने भन्दै स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend