शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

७० जनाको शव फेला, दुई जनाको खोजी कार्य जारी

७० जनाको शव फेला, दुई जनाको खोजी कार्य जारी

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुका शव बुझ्न सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोस्टमार्टम भवन परिसरमा प्रतिक्षा गर्दै आफन्त तथा शुभेच्छुकहरु । तस्बिरः जमुना वर्षा शर्मा/रासस

पोखरा । पोखराको सेती खोँचमा यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ । योसँगै ७० जनाको शव फेला परेको प्रहरीले जनाएको छ । अब २ जनाको शव फेला पर्न बाँकी छ । बाँकी २ जनाको भोलिमात्रै खोजी गरिने प्रहरीले जानकारी दिएकाे छ ।

आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा  चार जना चालक दल र ६८ जना यात्रु सवार रहेका थिए । विमान दुर्घटनामा निधन भएकामध्ये २४ व्यक्तिको शव परीक्षण पोखरामा हुनेभएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार ती शवको परीक्षण प्रक्रिया सुरू भइसकेको छ ।

बाँकी शवको परीक्षण भने काठमाडौँस्थित शिक्षण अस्पतालमा हुने जनाइएको छ । यहाँ शव परीक्षण हुन नसकेका शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend