logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौँ : स्वास्थ्यमन्त्री गिरी

    सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौँ : स्वास्थ्यमन्त्री गिरी

    1.8K
    Shares
    सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौँ : स्वास्थ्यमन्त्री गिरी

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताए । मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

    उनले सबै पालिकाहरुमा निर्माणाधिन अवस्थामा रहेका अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने बताए । जनताहरुले गुणस्तरीय सेवा लिन सकुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडी बढाउने बताए । उनले भने– ‘सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आम नेपाली जनताको, खासगरी सिमान्तकृत जनताहरु, उपेक्षामा परेका जनताहरु, पछाडी परेको जनताहरु, विपन्न जनताहरुसम्म स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नेकुरा हाम्रो मुख्य चुनौति हो । त्यो पूरा गर्नेगरी हामीले सम्पूर्ण ध्यान त्यसमा केन्द्रित गर्छौं । अहिले सबै पालिकाहरुमा ५ देखि १५ बेडसम्मका अस्पतालहरु निर्माणको प्रक्रियामा छन् । त्यहाँ आवश्यक जनशक्तिहरु व्यवस्थापन गर्नुपर्ने होला । इक्वीपमेण्टहरुको व्यवस्थापन गर्नुपर्ने होला । गाउँका जनताले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सकुन् । हाम्रो चाहाना त्यो हुन्छ । त्यसका लागि एकदम द्रुत गतिमा रफ्तारका साथ हामी त्यो कामलाई अगाडी बढाएर लिएर जान्छौँ । अहिले भइराखेका जतिपनि अस्पतालहरु छन्, त्यहाँ इक्विपमेण्टको अवस्था के छ ? गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि के के अवरोधहरु छन् ? ति सबै कुराहरुको पहिचान गरेर त्यसलाई समाधान गर्नेतर्फ पनि ध्यान दिएर काम अगाडी बढाउने छौँ ।’

    मन्त्री गिरीले स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताए । उनले सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने बताए । उनले भने – ‘नेपालमा शिक्षा, स्वास्थ्यमा विकराल समस्या छ । गरिव जनताको पहुँचभन्दा बाहिर छ । उपचार नपाएर मर्नुपर्ने स्थिति छ । स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन कसरी गर्न सकिन्छ ? यसका कहाँ कहाँ के के समस्याहरु छन् ? ति समस्याहरु पनि हामीले बुझेर स्वास्थ्य बीमालाई अझै फराकिलो बनाए लिएर जाने । सबै नागरिकहरुलाई त्यसको दायराभित्र ल्याउने र गुणस्तरिय स्वास्थ्य सेवा दिने ।’

    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मन्त्रालयमा आएपछि स्वास्थ्य सेवाका न्युनतम मापदण्ड सम्बन्धी पहिलो निर्णय गरिएको जानकारी दिए । उनले गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीहरुको पहुँचमा पु¥याउनका लागि मापदण्ड बनाएको बताए । त्यस्तै वडास्तरसम्मका स्वास्थ्य केन्द्रहरुमा आँखासम्बन्धी स्वास्थ्य सेवा बिस्तारित गर्नेगरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति बनाएको पनि उहाँले बताए ।

    उनले भने– ‘पहिलो निर्णय हामीले स्वास्थ्य सेवाका न्युनतम मापदण्ड सम्बन्धी गरेका छौँ । त्यसअन्र्तगत पालिकास्तरमा हुने स्वास्थ्यकेन्द्रहरुमा हुनुपर्ने उपकरणहरु, जनशक्तिहरु, सेवाहरु सम्बन्धिका नियमनकारी मापदण्डहरु छन् । त्यो साथसाथै क्षेत्रियस्तरका अस्पतालहरु, जिल्लास्तरका अस्पतालहरु, केन्द्रिय, प्रादेशिक स्तरका अस्पतालहरुमा हुनुपर्ने मापदण्ड सम्बन्धीका निर्णय आज लिएका छौँ । र यसैमा आधारित भएर आवश्यक संशोधन पनि बेलाबखतमा गर्दै जानेछौँ र यसमा हाम्रो उद्देश्य चाहीँ आम नागरिकले, ३ करोड नेपालीले नै चाहे सुगममा हुन् । चाहे दुर्गममा हुन् । हरेक व्यक्ति व्यक्तिले महशुस गर्नेगरी संविधानको धारा ३५ लाई सुनिश्चित गराउनका लागि गुणस्तरीय स्वास्थ्य सेवा आम नेपालीको पहुँचको पु¥याउनको लागि हामीले यो मापदण्ड सेट गरेका छौँ । दोस्रो निर्णय, राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिसम्बन्धी निर्णय लिएका छौँ । जसअन्तर्गत आँखा सम्बन्धी स्वास्थ्य सेवालाई विकेन्द्रिकरण गरिकन हामीले वडा स्तरसम्मका स्वास्थ्य केन्द्रहरुमा कसरी आँखासम्बन्धी स्वास्थ्य सेवा बिस्तारित गर्न सकिन्छ त्यो सम्बन्धी निर्णय लिएका छौँ । हाम्रो प्रतिवद्धता यहीँ नै रहन्छ, आम नेपालीको पहुँचमा, हरेक व्यक्ति व्यक्तिले अनुभुति गर्नेगरी मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवालाई हामीले सुनिश्चित गराउनेछौँ । त्यसको लागि स्वास्थ्य बीमालाई अनिवार्य गरिकन हरेक नेपाली नागरिकले अनुभुति गर्नेगरी यसलाई हामीले प्रभावकारी ढंगले अगाडी बढाउने छौँ ।’

    उनले पनि आम नेपालीको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउनेगरी काम गर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend