सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसले सभामुखको उम्मेदवार उठाउने भएको छ । आज (बुधबार) बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेसले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले भने, ‘सभामुखको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने समय अझै केही घण्टा बाँकी छ । यसबीचमा हामी सहयोगी दलहरुसँग छलफल गर्छौ र उम्मेदवारीबारे टुंगो लगाउछौ, अन्य दलहरुको सहयोग लिएर उम्मेदवारी दर्ता गर्ने निष्कर्ष निकालेका छौँ ।’

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend