मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

माओवादीका उपमहासचिव वर्षमान पुन डिस्चार्ज

माओवादीका उपमहासचिव वर्षमान पुन डिस्चार्ज

काठमाडौँ । चिकित्सकको निगरानीमा रहने गरी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

माघी मनाउनका लागि रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइएको थियो । चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन् ।

उनको उपचारमा संलग्न चिकित्सक युवराज शर्माले स्थिति जटिल बनेपछि कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए। तर, स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी आज उनी डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend