logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    1.9K
    Shares
    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तोक्दै सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो ।

    आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ रहेकोमा आज सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ८०० रुपैयाँ छ ।

    गत साताको शुक्रबारको तुलनामा घटेको सुनको मूल्य फेरि उकालो लागेको हो । यसअघि, गत वर्ष सुनको मूल्यले ऐतिहासिक कीर्तिमान बनाएको थियो । उक्त मितिमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ८० रुपैयाँ कायम भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend