काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा गएको भूकम्पले बझाङको एक घरमा क्षति गरेको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा गएको भूकम्पले बझाङको ४ घरको तालामाथि रहेको मन्दिर भत्केको हो ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार मंगलबार पश्चिमी क्षेत्रमा गएको भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो ।