काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन् । हिजो मंगलबार संसद भवन नयाँ बानेश्वरअघि आत्मदाह गरेका आचार्यको उपचारका क्रममा आज बुधबार बिहान बर्न अस्पताल कीर्तिपुरमा निधन भएको थियो ।
अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।