आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रभु बैंककी भाग्यमानी पन्त, सिनियर डिसिओलाई भन्दा बढि अधिकार र जिम्मेवारी

प्रभु बैंककी भाग्यमानी पन्त, सिनियर डिसिओलाई भन्दा बढि अधिकार र जिम्मेवारी

काठमाडौं । प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ती गरेपछि प्रभु बैंकमा नयाँ संरचना बनेको छ । नयाँ संरचनामा म्यानेजमेन्टको दशौं नम्बरमा रहेकी चिफ अपरेटिङ अफिसर रश्मी पन्तलाई पावरफुल बनाइएको छ ।

पन्तलाई बैंकको सिनियर डिसिओ र डिसिओभन्दा बढि जिम्मेवारी र विभाग दिइएको छ । मर्जपछि बनेको नयाँ सांगठानिक संरचनामा पन्तलाई पावरफुल बनाइएपछि सिनियर डिसिओ मनोज न्यौपानेले असन्तुष्टि जनाएका छन् । सांगठानिक संरचनामा विवादभएपछि मर्ज भएको १५ दिनपछि मंगलवार बैंकको वेभसाइटमा नयाँ म्यानेजमेन्ट टिमलाई राखिएको छ ।

१० औं नम्बरमा रहेपनि पन्तले सिधैं बैंकका सिइओ अशोक शेरचनलाई रिपोटिङ्ग गर्ने व्यवस्था मिलाएको छ । उनको जिम्मेवारीमा नपर्ने कतिपय विभाग पनि उनको अन्तर्गत राखिएपछि बैंकका अन्य कर्मचारीहरु पनि रुष्ट भएका छन् ।

पन्त अन्तर्गत क्याड, आइटी, ब्राण्डिङ्ग, सेन्ट्रल अपरेशन, कम्प्लायन्स, सर्भिस एक्सिलेन्स, डिजिटल ट्रान्सफरमेशन, डिजिटल अर्काइभिङ, प्रभु एकेडमी, अल्टरनेटिभ डेलिभरी च्यानलको विभाग राखिएको छ । सिओओअन्तर्गत कम्प्लायन्स राख्नुपर्ने आश्र्ययजनक रहेको एक सेन्चुरीबाट आएका एक एजिएमले सुनौलो नेपाललाई बताए ।

अफिसर लेभलबाट बैंक प्रवेश गरेकी पन्त म्यानेजमेन्ट र बोर्डलाई प्रभावमा पारेर चिफ म्यानेजर बनेकी थिइन् । मर्जअघि एजिएम बन्न तयार रहेपनि उनलाई बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनले रोकेका थिए ।

पन्तले नै अहिले सेन्चुरी बैंकका ग्राहकहरुको १८ अर्बभन्दा बढि ऋणलाई नविकरण नगर्ने सिइओलाई दबाब दिएपछि ऋण नबिकरण भएको छैन ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend