आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

रुकुम । रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन् । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् ।

सल्यान र रुकुम (पश्चिम) को बिचमा फल्ट हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम(पूर्व) ले जनाएको छ ।
विद्युत् सुचारु गर्न निरन्तर काम भइरहेको केन्द्रका प्रमुख सुरेस चौधरीले जानकारी दिए ।

विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रुकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend