logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता

    माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता

    1.3K
    Shares
    माडागास्करमा आँधीबाट १६ को मृत्यु, १९ बेपत्ता

    अन्टानानारिभो । माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ । आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएको समाचारमा जनाइएको छ । प्राप्त समाचार अनुसार माडागास्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आँधी आएको छ ।

    सो आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।

    सो केन्द्रले यहाँका ५५ हजार जना भन्दा बढी नागरिक आँधीबाट प्रभावित भएको जनाएको छ । उनीहरुमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ । यहाँका अधिकारीहरुले प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको र अरु पाँच सय घर बाढीले बगाएको बताएका छन् । रासस/सिन्ह्वा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend