logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न जरुरी : राज्यमन्त्री कार्की

    मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न जरुरी : राज्यमन्त्री कार्की

    4K
    Shares
    मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न जरुरी : राज्यमन्त्री कार्की

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छन् । आईतवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    अस्पतालका सेवाहरुलाई विकेन्द्रिकरण गरी प्रादेशिक स्तरमा पु¥याउनु अति आवश्यक देखिएको बताइन् । उनले गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना सरकारले पहल गर्ने पनि बताइन् । उनले १५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘अब गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गरेर प्रादेशिक स्तरमा पु¥याउनु अति आवश्यक देखिएको छ । गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना गर्न चाहन्छौँ । १५ वर्ष मुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै अब सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठूलो उद्देश्य छ ।’

    स्वास्थ्य राज्यमन्त्री कार्कीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend