
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ।
उच्च अदालतको आदेश बदर गरी लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो । लामिछानेलाई नाबालिग बलात्कारको अभियोग लागेको छ ।
उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित थुना मुक्त गरेको थियो। उच्च अदालततको उक्त आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले आज सर्वोच्चमा रिट निवेदन दायर गरेको हो ।
यसअघि नाबालिकालाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend