logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

    खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

    1.4K
    Shares
    खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । जनतामा ठूलो निराशा आउन सक्ने भन्दै खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका सबै निकाय लाग्नुपर्ने मन्त्री गिरीको भनाई थियो । बिहीबार काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभागको अनुगमन गर्ने क्रममा उनले खरिद प्रक्रियामा पारदर्शिता कायम नभएको गुनासो विभिन्न समाचार माध्याममा आउने गरेको उल्लेख गर्दै त्यस्तो गरेको अव पनि पाइए सैह्य नहुने चेतावनी समेत दिए ।

    मन्त्री गिरीले कुनै पनि निकायबाट नीतिगत भ्रष्टाचार हुने वा निहीत स्वार्थमा काम हुने गरेको पाइएको उल्लेख गर्दै त्यसलाई तत्काल निरुत्साहित पार्न पनि सचेत गराए । उनले अस्पतालहरुलाई पूर्ण रुपमा प्रविधिमैंत्री बनाउन पनि सम्बन्धित पक्ष लाग्नुपर्ने बताए ।

    मन्त्री गिरीले भने, ‘अहिले लगभग धेरैजसो मिडियाहरुमा यो खरिद प्रक्रियाको विषयलाई लिएर अनेक समाचारहरु बन्ने गरेका छन् । खरिद प्रक्रियामा सत प्रतिशत पारदर्शीता कायम गर्नेगरी यहाँहरुले काम गर्नुहोला । भोली काँहीकतै यस्ता गुन्जायसहरु देखिए भने, रहे भने त्यतिबेला तपाईहरुलाई कसैले बोक्नेवाला छैन । साथ दिनेवाला छैन । यो धेरै संवेदनशील विषय छ । सबैको यसप्रति गम्भिर रुपले ध्यानाकर्षण भएको छ । यसमा तलमाथि भयो भने जनतामा ठूलो निराशा आउन सक्छ । त्यसकारण खरिद प्रक्रियामा हन्ड्रेड परसेन्ट शुद्धता कायम गरियोस् । त्यहाँ कुनै पनि किसिमको नीतिगत भ्रष्टाचारको वा स्वार्थ अनुकूलका काम गर्ने भएको छ भने त्यसलाई पूरा निरुत्साहित बनाउनु पर्दछ । यो कुरामा सम्बन्धितको ध्यान जाओस् । स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैंत्री बनाउनु पर्दछ ।’

    मन्त्री गिरीले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाहको काम गर्न पनि स्वास्थ्य सेवा विभागको ध्यानाकर्षण गराए । उनले स्वास्थ्य उपकरणहरुको दुरुपयोग नगर्न पनि मातहतका निकायले सचेत भएर काम गर्नुपर्ने बताए । मन्त्री गिरीले विभागले महंगोमा उपकरण खरिद गर्ने तर जनताले त्यसबाट सेवा नपाउने अवस्था आईरहेकाले त्यस्तो अवस्था आउन नदिनेगरी काम गर्नु पर्ने बताए ।

    मन्त्री गिरीले जनताको गुनासोलाई सम्बोधन हुनेगरी आवश्यक योजना बनाएर काम गरे आफूले त्यसमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरे । त्यसक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले आफू मातहतका निकायले सम्पादन गरेका कामबारे मन्त्री गिरीलाई जानकारी गराएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend