शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

टेलिकमको सिम कार्ड प्रयोग गर्ने ग्राहकको संख्या डेढ करोडभन्दा बढी

टेलिकमको सिम कार्ड प्रयोग गर्ने ग्राहकको संख्या डेढ करोडभन्दा बढी

काठमाडौँ । नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्ने ग्राहकको संख्या डेढ करोडभन्दा बढी पुगेका छन् । टेलिकमले आज आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

टेलिकमको केन्द्रिय कार्यालयमा भएको उक्त कार्यक्रममा ६५ जनाले रक्तदान समेत गरेका छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा ६५ जनाले रक्तदान गरेको संयोजक समिता कोइराला जानकारी दिइन् ।

विगतमा एक सय ५० भन्दाबढी कर्मचारी रक्तदानमा भाग लिने गरेकोमा पछिल्ला वर्षमा कोरोना, डेङ्गीलगायतका कारण रक्तदान गर्नेको सङ्ख्यामा निकै न्यून रहेको बताइएको छ ।

नेपाल टेलिकम सरकारीस्तरमा सबैचभन्दा धेरै राजस्व बुझाउने सेवा प्रदायक कम्पनी हो । यही माघ २२ गते टेलिकमले आफनो २२ औँ स्थापना दिवस मनाउँदैछ । वार्षिकोत्सवका अवसरमा टेलिकमले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिरहेको छ ।

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend