logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • मधेस प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री

    मधेस प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री

    2.3K
    Shares
    मधेस प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री

    धनुषा । मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाएसँगै सरकारले पूर्णता पाउने भएको छ । प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले आज मन्त्री र राज्य मन्त्रीको टुङ्गो लगाएको हो ।

    उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय भएको मधेस प्रदेश संसदीय दलका नेता भारतप्रसाद साहले जानकारी दिए ।

    अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् । मङ्गलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको सपथग्रहण कार्यक्रम तय गरिएको हो । यससँगै मधेस प्रदेश सरकारमा पहिलोपटक दुई महिला क्याबेनिट मन्त्री हुने भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend