logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • साफ यू–२० उपविजेता नेपाली टोली स्वदेश फर्कियो

    साफ यू–२० उपविजेता नेपाली टोली स्वदेश फर्कियो

    3.3K
    Shares
    साफ यू–२० उपविजेता नेपाली टोली स्वदेश फर्कियो

    काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । बंगलादेशमा भएको प्रतियोगिता खेलेर नेपाली टोली आज (शुक्रबार) दिउँसो स्वदेश फर्किएको हो ।

    नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

    फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बन्यो भने बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend