logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • पल शाह मेरा लागि शाहरुख खान हो : पूजा शर्मा

    पल शाह मेरा लागि शाहरुख खान हो : पूजा शर्मा

    3.4K
    Shares
    पल शाह मेरा लागि शाहरुख खान हो : पूजा शर्मा

    काठमाडौं । चलचित्र मनसँग मनको विशेष शो गरिएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो । विशेष शोपनि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन् । उनले पल शाहलाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको बताइन् ।

    उनले पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण रहेको र आफूलाई चलचित्रमा अभिनय गर्नपनि नरमाइलो लागेको बताइन् । उनले पल शाह आफूलाई बलिउड अभिनेता शाहरुख खान झैँ लाग्ने बताइन् ।

    उनले भनिन्, ‘पल आलु हो, जसरी आलु सबै तरकारीमा मिल्छ, त्यसरी नै पल पनि नेपाली चलचित्र क्षेत्रमा आलु जस्तै हो, उ सबैसँग मिल्छ । मैले पल नहुँदा अहिले धेरै मिस गरिरहेको छु । जोसँग पनि मिल्ने, जोसँग पनि सहज, जो कसैले पनि उसलाई अप्रोच गर्ने, एउटा कलाकारमा हुनुपर्ने गुण छ, पल जस्तो कलाकार हामीले पाउन गाह्रो छ । अहिले चलचित्र क्षेत्र पल बिना खल्लो भइरहेको जस्तो भएको छ । म आफैँलाई पनि रमाइलो लागेको छैन । पल मलाई शाहरुख लाग्छ, पललाई देख्दा म शाहरुख नै देख्छु ।’

    कार्यक्रममा अभिनेता पुष्प खड्काले यसअघिका फिल्ममा फिल्म नचलेपछि पैसा फिर्ता गरेका थिए, यो फिल्ममा के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा सबै फिल्म नचल्दैमा पैसा फिर्ता गर्ने हो भने घरखेत बेच्नुपर्ने भन्दै ठट्टा गरे । उनले पहिलो फिल्ममा पैसा फिर्ता गरेको कारण कोरोनाको महामारी रहेको आर्थिक उपार्जन हुन नसकेकाले पैसा फिर्ता गरेको बताए ।

    उनले भने, ‘सबै फिल्म चलेन भने पैसा फिर्ता गर्छु भन्दा त भएको घर खेत नै बेचेर आउनुपर्छ । पहिलो फिल्म कोरोनाको थियो, सो बेलामा चलचित्र चल्ने र व्यापार गर्ने सम्भावना कम नै थियो त्यसलाई मध्यनजर गरेर नै मैले त्यो निर्णय लिएको हुँ ।’

    आजबाट प्रदर्शन भएको चलचित्रमा कलाकारहरु पुष्प खड्का र वर्षा शिवाकोटीका साथै फिल्ममा पल शाह र पूजा शर्माले एउटा गीतमा नृत्य गरेका छन् । फिल्ममा वर्षा र पुष्पको अलवा वुद्धि तामाङ, रविन्द्र झाको मुख्य भुमिका छ । सौरभ इन्टरटेन्मेन्ट र बालाजी इन्टरटेन्मेन्टको प्रश्तुतिमा तयार भएको यो फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् । फिल्ममा अरुण तामाङको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राईको कथा तथा पटकथा छ । फिल्ममा अर्जुन पोखरेल, अगोमा गुरुङ र दीपक शर्माको संगीत छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend